१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १८ बुधबार १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार

उपत्यकाका दुई स्थानमा सिआइबीको छापा, ६ चिनियाँसहित ५२ जना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार १७:२१:oo

सफ्टवेयर निर्माणसम्बन्धी कम्पनी चलाएर नेपालमा ठगी र क्रिप्टोकारोबारमा संलग्न ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–४, बालिफलस्थित दमकल चोक र काठमाडौं १३ चागलबाट ६ चिनियाँ र ४६ नेपालीलाई पक्राउ गरेको हो। 

अनलाइन डेटिङ एप चलाएर उनीहरूले ठगी गर्दै आएको  सिआइबीले जनाएको छ। उनीहरूको मुख्य कार्यालय काठमाडौं महानगरपालिका १३ चागलमा रहेको र त्यहाँ पनि सिआइबीले छापा हानेको छ। उनीहरूले सोसियल सफ्टवेयर डेभलपमेन्ट प्रालि कम्पनी दर्ता गरी बिजनेस भिसामा नेपाल बस्दै आएका थिए। 

पक्राउ परेका चिनियाँ उपर अभौतिक मुद्राको कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको र अन्य ४६ नेपालीको हकमा अनुसन्धान जारी रहेको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए। 

सिआइबीले सातवटा ल्यापटप र ४६ वटा मोबाइल पनि बरामद गरेको छ।