१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
एजेन्सी नयाँ दिल्ली
२o८१ बैशाख २३ आइतबार १३:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भारतीय अर्बपति अडानी बने विश्वको तेस्रो धनी

Read Time : < 1 मिनेट
एजेन्सी, नयाँ दिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:२८:oo

भारतीय अर्बपति गौतम अडानी विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्। फ्रान्सका बनार्ड अरनाल्टलाई पछि पार्दै अडानी तेस्रो स्थानमा उक्लिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सर्वाधिक धनीहरूको सूचीमा अब अडानीभन्दा अघि टेस्लाका संस्थापक एलन मस्क र जेफ बेजोस मात्र छन्। मस्क दुई सय ५१ विलियन डलर नेटवर्थसहित पहिलो तथा बेजोस एक सय ५३ विलियन डलरसहित दोस्रो स्थानमा छन्।

तेस्रो स्थानमा रहेका अडानीको नेटवर्थ एक सय ३७.४ विलियन डलर रहेको छ। एक वर्षअघि अप्रिल ०२१ मा उनको सम्पत्ति ५७ विलियन डलर थियो। भारतका दोस्रो धनी व्यक्ति मुकेश अम्बानी विश्वका ११औँ धनी व्यक्तिको सूचीमा छन्।

ad
ad