१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १३ सोमबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ १३ सोमबार १८:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तालमेलमा बारेमा हामी सदैव खुला छौँ : शंकर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ १३ सोमबार १८:५o:oo

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीे स्थानीय तहमा तालमेल गरेर जान सदैव खुला रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसंवाद’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी स्थानीय तहमा तालमेल गरेर जान खुला रहेको बताएका हुन्।

तर, कुनै पनि प्रकारको चुनावी गठबन्धनको पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो। राजनीतिक दलहरूले चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्ने तर्क गर्दै महासचिव पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको पटक-पटक दोहोर्‍याए। 

‘आगामी निर्वाचनको लागि गठबन्धनको सन्दर्भमा हाम्रो स्पष्ट नीति छ। हामी कुनै पनि प्रकारको गठबन्धनको पक्षमा छैनौँ। हामी आफ्नो नीतिको आधारमा निर्वाचनमा प्रस्तुत हुन गइराखेको छौँ। स्थानीय तहमा तालमेल हुन सक्छ,’ महासचिव पोखरेलले भने, ‘तालमेलका बारेमा हामी सदैव खुला छौँ। तर, चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्छ भन्ने मान्यताको पक्षमा छौँ। त्यसकारण कुनै राजनीतिक दलसँग गठबन्धनको कुरा गरेको छैनौँ। चुनावी तालमेलको कुरा गरेका छौँ।’