मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ १३ सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १३ सोमबार १६:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवहेलना मुद्दामा सर्वोच्चले बालेनसँग माग्यो जवाफ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १३ सोमबार १६:३४:oo

अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग जवाफ माग गरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले साहसँग अवहेलनामा सजाय नहुनुपर्ने कारणसहित सात दिनभित्र लिखित जवाफ माग गरेको हो।

गत २४ साउनमा मेयर साहले नर्भिक अस्पतालले बनाएका अनधिकृत संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएका थिए। त्यसै दिन नर्भिक सर्वोच्च गएको थियो।

सर्वोच्चले नर्भिक अस्पतालको संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएपछि मेयर साहले ‘संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिऊँ’ भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका थिए। यसले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता दीपकराज जोशीले आज सोमबार अदालतको अवहेलना मुद्दा दर्ता गराएका थिए।

सर्वाेच्चकाे आदेशमा भनिएको छ, ‘निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनु पर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू।’