Skip This
किन भयो बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता ?
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ १३ सोमबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १३ सोमबार १५:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किन भयो बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १३ सोमबार १५:o८:oo

अनधिकृत संरचना हटाउने अभियान तीव्र बनाएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अधिवक्ता दीपकराज जोशीले आज सर्वोच्च अदालतमा बालेनविरुद्ध अवहेलना मुद्दा दर्ता गराएका हुन् । 

‘संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिऊँ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले  अदालतको अवहेलना गरेको जोशीको तर्क छ ।

बालेनले गत २४ साउनमा नर्भिक अस्पतालको निरीक्षण गरी त्यहाँ बनेका अनधिकृत संरचना २४ घन्टाभित्र हटाउन २४ घन्टे अल्टिमेटम दिएका थिए । तर, त्यसै दिन नर्भिक सर्वोच्च गएको थियो । 

भोलिपल्ट २५ साउनमा सर्वोच्चले तत्काल संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । त्यसै साँझ बालेनले सर्वोच्चलाई व्यंग्य गर्दै लेखेका थिए, ‘नक्सा पास नगरी बनाएका संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ।’

उनले दुवै पक्षलाई छलफलमा बोलाउने सर्वोच्चको आदेशपछि लगातार पेसी सरिरहेको विषयमा पनि सामाजिक सञ्जालमा व्यंग्य गरेका थिए । उनले लेखेका थिए, ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन । सायद यो कार्यकालपछि आउँछ कि ।’