मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
संजित परियार काठमाडौं
२०७९ भदौ १२ आइतबार १३:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महानगरको अभियान आज पनि जारी

भोटाहिटी – रत्नपार्क अन्डर पासमाथिका संरचना भत्काइँदै

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ भदौ १२ आइतबार १३:२७:००

काठमाडौं महानगरले अनधिकृत संरचना भत्काउने अभियानलाई आज पनि निरन्तरता दिएको छ । अहिले भोटाहिटी–रत्नपार्कमा रहेको अन्डर पास सब–वेमाथि बनाइएको संरचना भत्काइँदै छ ।

भोटाहिटी–रत्नपार्क वारपार गर्न सब–वे निर्माण गरिएको थियो । तर, सब–वे भित्रै पनि पसलहरू सञ्चालन गर्दा हिँडडुल गर्नै मुस्किल थियो । महानगरले ठेक्कामा दिएरै त्यहाँ पसल सञ्चालन हुँदै आएको हो । 

महानगरले भने ठेक्का दिएको ठेकेदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन थालिएको जनाएको छ । महानगरले अब  भित्रका पसलहरू पनि हटाएर पैदलयात्रुलाई वारपार गर्न सहज हुने गरी सब–वे पूरै खाली गरिने जनाएको छ ।