१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

दोर्दी करिडोर र चेपेमा उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२६:oo

लमजुङको दोर्दी करिडोरमा निर्माण सम्पन्न भएको र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको विद्युत्र राष्ट्रिय ग्रिडमा जोडिने बाटो खुलेको छ । जलविद्युत् आयोजनाका लगानीकर्ताहरू ट्रान्समिसन लाइन निर्माण भएसँगै उत्साहित भएका छन् । 

मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको उदीपुर भरतपुर खण्डको उदीपुर सबस्टेसनदेखि मर्स्याङ्दी जलविद्युत् केन्द्रको स्विचयार्डसम्मको करिब सात किलाेमिटर २२० केभी लाइन वैकल्पिक व्यवस्थाअन्तर्गत १३२ केभीमा शनिबार चार्ज भएको आयोजना प्रमुख चिरन्तनविक्रम राणाले बताए ।

उनले भने, ‘उक्त लाइनखण्ड चार्ज भएसँगै दोर्दी कोरिडोरमा निर्माण सम्पन्न भएका २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी खोला– १ जलविद्युत् आयोजना र आठ दशमलव ६३ मेगावाटको चेपे खोला जलविद्युत् आयोजना गरी हाललाई ७२ मेगावाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने बाटो खुलेको छ ।’  

राणाका अनुसार राष्ट्रिय प्रसारण ग्रिडको ब्याकफिड पाएपश्चात् उल्लेखित जलविद्युत् आयोजनाहरू परीक्षण उत्पादन तथा प्रसारण गरी ग्रिडमा जोडिनेछन् । सोही लाइनबाट दोर्दी करिडोर र चेपेअन्तर्गतका निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाहरू निर्माणपश्चात् करिब १३० मेगावट विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोडिनेछन् ।

वैकल्पिक व्यवस्था गरेर नेपाल विद्युत् प्राधिकरणले दोर्दी कोरिडोरका जलविद्युत् प्रवर्द्धकसँग उत्पादित एक युनिट पनि खेर जान नदिने प्रतिबद्धता पूरा गरेको राणाले बताए ।

आयोजनाअन्तर्गत भरतपुर २२०/१३२ केभी ३२० एमभिएको न्यु भरतपुर सबस्टेसन सेप्टेम्बर २०२२ र उदीपुर २२०/१३२/३३ केभी, १६० एमभिएको सबस्टेसन डिसेम्बर २०२२ भित्र सम्पन्न गरिनेसमेत आयोजना प्रमुख राणाले बताए ।

चितवनदेखि तनहुँ, लमजुङ हुँदै मनाङसम्म २२० केभी प्रसारणलाइन परियोजना निर्माणको काम पनि धमाधम भइरहेकोे छ । दोर्दी कोरिडोरमा अहिले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, ५४ मेगावाटको सुपर दोर्दी ख, २७ मेगावाटको दोर्दी खोला, १२ मेगावाटको दोर्दी– १ लगायत आयोजना केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणाधीन अवस्थामा छन् । 
 

ad
ad