१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अब नमोबुद्धमा मोतियाबिन्दुको निःशुल्क उपचार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:३३:oo

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले मोतियाबिन्दु भएका नगरवासीलाई निःशुल्क उपचार (शल्यक्रिया)को व्यवस्था मिलाएको छ। नगरपालिकाले रेयुकाई एईको मासुनासा आँखा अस्पताल बनेपासँग सम्झौता गरेर निःशुल्क उपचारको व्यवस्था मिलाएको हो।

नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामाले नगरवासी कसैलाई पनि दृष्टिको समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाइएको बताए । उनका अनुसार दृष्टिमा समस्या भएकाले वडाबाट सिफारिस लिएर बनेपास्थित उक्त आँखा अस्पतालबाट सेवा लिन सक्नेछन्। वडाको सिफारिस लिएर आउने सबैलाई निःशुल्क उपचारको व्यवस्था मिलाइने अस्पताल सञ्चालक समितिका महासचिव हिरामणि शर्माले जानकारी दिए।

नगरपालिका र अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर गरेर अगाडि बढेको नगरप्रमुख लामाले बताए। नगरपालिकाको तर्फबाट प्रमुख लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र अस्पतालको तर्फबाट अध्यक्ष मधुप्रसाद आचार्य र महासचिव हिरामणि शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

मोतियाबिन्दु पहिचानका लागि नगरपालिकाले अस्पतालको प्राविधिक सहयोगमा विभिन्न समयमा आँखा शिविरसमेत गर्दै आएको छ। आगामी दिनमा पनि शिविर सञ्चालन गर्दै जाने नगरपालिकाले जनाएको छ।

ad
ad