१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपतिका गतिविधि अस्वाभाविक : सत्तागठबन्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:२३:oo

सत्तागठबन्धनको बिहीबार बसेको बैठकले नागरिकता विधेयकप्रति असन्तुष्ट राष्ट्रपति विद्या भण्डारीले गरेका शृंखलाबद्ध भेट र छलफल अस्वाभाविक रहेको निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले क्षेत्राधिकारबाहिर गएर छलफल गरेको बताएका थिए । ‘पूर्वसैनिक अधिकारीहरूलाई बोलाएर राजनीतिक छलफल गर्ने विषय राष्ट्रपतिको क्षेत्राधिकारको कुरा होइन,’ बैठकमा उनको भनाइ थियो ।

त्यस्तै, माओवादी अध्यक्ष प्रचण्डले सेरेमोनियल राष्ट्रपतिले राजनीतिक गतिविधि गर्नु जायज नभएको बताएका थिए । ‘पूर्वजर्नेलहरूलाई भेटेर सेरेमोनियल राष्ट्रपतिले राजनीतिक विषयमा छलफल गर्नु जायज होइन,’ उनको भनाइ थियो ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि बिहीबार पार्टी पुनर्गठन दिवसको कार्यक्रममा राष्ट्रपतिको भूमिकालाई लिएर शंका उत्पन्न गराएको बताए । बुधबार शीतलनिवासमा सेनाका सात दर्जन पूर्वजर्नेलसँग राष्ट्रपति भण्डारीले रात्रिभोजसहित परामर्श गरेकी थिइन् ।

ad
ad