१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १५:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महानगर परिसरमा बालेनविरुद्ध नाराबाजी

फुटपाथ व्यापारीको प्रदर्शन, तीनबुँदे माग सम्बोधन नगरे एक सातापछि कडा आन्दोलन गर्ने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १५:३३:oo

काठमाडौंका फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले आज काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै उनीहरूले प्रदर्शनमा उत्रिएका हुन् । 

महानगर प्रमुख बालेन्द्र साहलाई भेटेर ज्ञापनपत्र बुझाउन गएको, तर मेयरले भेट्न नचाहेको भन्दै नाराबाजी गरेको बताएका छन् ।  उनीहरूले रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसवासको ग्यारेन्टी गर, नगर प्रहरीको अत्याचार बन्द गर, बाँच्न पाउने अधिकार सुनिश्चित गर भन्दै नाराबाजी गरेका थिए । 

आन्दोलित व्यापारीहरूले सडक स्वरोजगार श्रमिकलार्य मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने र प्रशासनकोतर्फबाट भइरहेका अमानवीय व्यवहार बन्द गरी यसअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने तीनवटा माग राखेका छन् । 

पछिल्लो समय महानगरले सडक फुटपाथबाट व्यापारी हटाउन थालेपछि उनीहरू संगठित भएका छन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा संगठित भएका उनीहरू ज्ञापनपत्र बुझाउन गएका थिए । उनीहरूको ज्ञापनपत्रमा एक हप्ताभित्र आफ्ना तीनबुँदे माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

ad
ad