मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Friday, 14 August, 2026
२o८१ जेठ १२ शनिबार १३:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १३:o२:oo

मकवानपुरको हेटौँडामा यात्रुबाहक बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ।

मकवानपुर प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका– ११ थानाभञ्ज्याङस्थित पूर्व–पश्चिम सडकखण्डमा शुक्रबार राति बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको हो।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार सर्लाहीबाट काठमाडौंका लागि गुडेको ना ७ ख १६७५ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको परिचय खुल्न नसकेको प्रवक्ता भण्डारीको भनाइ छ।

मृतकको शव पोस्टमार्टमका लागि हटौँडा अस्पतालमा राखिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए।