Skip This
नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीलाई तीन प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार o९:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o९:४३:oo

हाम्रा सहकारीको यो स्तरको दुरवस्था किन देखिएको होला ?
सहकारीमा गैरसहकारिता हाबी हुनुको परिणाम हो यो । सहकारीका मूल्य, मान्यता, भावना र ऐन, कानुनभन्दा पर रहेर सञ्चालन हुनु, सहकारीभन्दा पनि कम्पनीका रूपमा काम गर्नु र राजनीतिक नेतृत्वको सहभागिता हुनु जस्ता कारणले सहकारीमा समस्या देखिएको हो । सरोकारवाला निकायको नियमन क्षमता कमजोर भयो । जसले गर्दा उसले समयमै नियमन गर्न सकेन र सहकारीमा यो स्तरको दुरवस्था देखियो । 

दुईवटा सहकारीका सञ्चालकले ऋण अपचलन गरी ११ अर्ब सम्पत्ति शुद्धीकरण गर्नुलाई के भन्नुहुन्छ ?
सहकारीलाई दर्ता मात्र गरेर सञ्चालकलाई बेलगाम छाडिदिएपछि हुने यस्तै हो । सहकारीलाई लगानीको ‘क्यापिङ’ पनि भएन । कहाँ, कसरी र कति लगानी गर्ने भन्ने प्रस्ट व्यवस्था गरिएन । सहकारीमा छिरेर गलत गर्ने नियतले नै आएका सञ्चालकले मात्र बदमासी गरेका हुन् । अहिले सरसर्ती हेर्दा २५ प्रतिशतजति सहकारी समस्याग्रस्त देखिन्छन् । ‘फेक’ कम्पनी खोलेर ऋण प्रवाह गरेको देखाएर सर्वसाधारणले रगत, पसिना बगाएर जम्मा गरेको रकम अपचलन गरी यिनले संगठित अपराध गरिरहेका छन् । समयमै जागरुक भई कडा नियमन गर्नुपर्ने जेजति र जुनजुन निकाय छन्, ती सबै मस्त निद्रामा रहनुको परिणाम हो यो ।

सहकारीमा देखिएका यस्ता अव्यवस्था रोक्न या सुधार गर्न के गर्नुपर्ला ?
सहकारी समस्या समाधान गर्न ऐन, नियमको कमी छैन । अहिले विभिन्न कार्यदल, छानबिन समिति आदि चर्चामा छन् । सहकारीको समस्या साँच्चै निराकरण गरी पीडित सर्वसाधारणलाई न्याय दिने हो भने शक्तिशाली न्यायिक छानबिन आयोग नै गठन गर्नुपर्छ, अन्य कुनै नामका समितिको काम छैन । यति गर्न नसकिए सहकारीको समस्याकै कारण जनमानसमा सरकारप्रतिकै विश्वास गिर्ने निश्चित छ ।

ad
ad
ad
ad