Skip This
रावा बैंकका नवनियुक्त सिइओ खनालले गरे पदभार ग्रहण 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार o७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

रावा बैंकका नवनियुक्त सिइओ खनालले गरे पदभार ग्रहण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o७:o५:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

२ जेठमा बसेको सञ्चालक समितिको बैठकले खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्त गरेको हो । पदभार ग्रहण गर्दै खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्र्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी काम गर्ने बताए । 

चार्टर्ड एकाउन्टेन्ट खनाल यसअघि बैंकको कामु सिइओ थिए । ०६४ सालमा चार्टर्ड एकाउन्टेन्टका रूपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा एलएलबी उत्तीर्ण हुन् । यसअघि रिक्त रहेको सिइओ पदमा खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्त गर्न बैंकले दरखास्त आवेदन माग गरेको थियो ।
 

ad
ad
ad
ad