Skip This
घरेलुहिंसाविरुद्ध एकताबद्ध कजाकिस्तानी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १३ आइतबार १o:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

घरेलुहिंसाविरुद्ध एकताबद्ध कजाकिस्तानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १o:३५:oo

संयुक्त राष्ट्रसंघका अनुसार कजाकिस्तानमा हरेक वर्ष घरेलु हिंसाबाट करिब चार सय महिलाको मृत्यु हुने गरेको छ

गत वर्ष नोभेम्बरमा कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीको एउटा रेस्टुरेन्टको भिआइपी कोठामा साल्टानाट नुकेनोभालाई उनका श्रीमान् पूर्वमन्त्री कुआन्डिक बिसिम्बेभले कुटपिट गरी हत्या गरे । भिडियो फुटेजमा बिसिम्बेभको परिवारको स्वामित्वमा रहेको एक रेस्टुरेन्टमा नुकेनोभालाई मुक्का प्रहार गरेको देख्न सकिन्छ । आक्रमणको १२ घन्टापछि एम्बुलेन्स घटनास्थल पुग्यो । लगत्तै उनलाई मृत घोषित गरियो । उनी ३१ वर्षकी थिइन् ।

४४ वर्षीय बिसिम्बेभले अपराध स्वीकार गरेका छन् । तर, उनले ‘असाधारण क्रूरता’ नदेखाएको बताए, जुन उनीमाथि आरोप लगाइएको थियो । हत्याविरुद्धको मुद्दाले कजाकिस्तान मात्र होइन, रुस र अन्य देशमा समेत परम्परागत लैंगिक भूमिकाको बारेमा बहस बढायो । 

अदालतले पूर्वमन्त्री विसिम्बेभलाई दोषी ठहर गर्दै केही दिनअघि २४ वर्ष जेल सजाय सुनायो । संयुक्त राष्ट्रसंघका अनुसार कजाकिस्तानमा हरेक वर्ष करिब चार सय महिलाको घरेलु हिंसाबाट मृत्यु हुने गरेको छ । तथापि, कतिपय घटना सार्वजनिक नगरिएकाले यो संख्या धेरै हुन सक्छ । ‘कजाकिस्तानमा आँधी आएको छ । अब सिंगो देश र सारा संसारले घरेलु हिंसाविरुद्ध आवाज उठाएको छ,’ महिला अधिकारसम्बन्धी गैरसरकारी संस्था नेमोल्चीकी ३संस्थापक दिनारा स्मेलोभा भन्छिन् । स्मेलोभाका अनुसार हाल दोषी सावित भएका पूर्वमन्त्रीलाई पूर्वराष्ट्रपति नजारबायेभ स्वयंले क्षमा दिएका थिए ।

सन् २०१६ मा अर्थमन्त्री बनेका बिसिम्बेभलाई सन् २०१८ मा राज्यकोष हिनामिना गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, उनलाई तत्कालीन राष्ट्रपति नजरबायेभले तत्कालै रिहाइको आदेश दिएका थिए । नुकेनोभाका साथी र परिवारका अनुसार उनले लामो समयसम्म बिसिम्बेभका हातबाट शारीरिक र मानसिक दुव्र्यवहार भोगिन् । बिसिम्बेभलाई उनले धेरैपटक त्याग्ने प्रयास गरिन् । सेलिब्रेटी र सामान्य कजाक महिलाहरूले मदिराको गिलास बोकेका तस्बिर पोस्ट गरेर ह्यासट्याग जासाल्टानाट अभियान चलाए । हाई–प्रोफाइल यस मुद्दाले लामो समयदेखि सामाजिक मान्यतामाथि प्रश्न उठायो । सर्वसाधारणको आक्रोशबीच राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले अप्रिल १५ मा नयाँ कानुनमा हस्ताक्षर गरे । पीडितले रिपोर्ट नगरे पनि प्रहरी अब घरेलु हिंसासम्बन्धी सबै घटनाको अनुसन्धान गर्न बाध्य छ । तर, नयाँ कानुनबारे केही पुरुष सांसदले नकारात्मक टिप्पणी गरेका छन् । 

हत्याविरुद्धको मुद्दाको चासो कजाकिस्तानको सिमानाबाहिर पुगेको छ । ‘हामी रसिया र कजाकिस्तानका महिलाहरू तपाईंसँग छौँ,’ ७० लाखभन्दा बढीले हेरेको एक युट्युब टिप्पणीमा भनिएको छ । यो मुद्दा रुसमासमेत गुन्जिरहेको छ, जहाँ सन् २०१७ मा केही निश्चित प्रकारका घरेलु हिंसालाई विवादास्पद रूपमा अपराधको रूपमा घोषित गरिएको थियो । 

– अलजजिराबाट 

ad
ad
ad
ad