१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पशुपतिस्थित महास्नान घरको मर्मत सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

पशुपतिनाथ मन्दिर परिसरमा रहेको महास्नान घरको मर्मतसम्भार कार्य सकिएको छ। नेपाल इन्भेस्टमेन्ट बैंकले ०७२ को भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक महास्नान घरको मर्मतसम्भार गरेको हो।

मर्मतसम्भार गरेपछि सोमबार एक  कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा बैंकले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ। महास्नान घर मर्मतसम्भार र त्यसभित्र म्युजियम स्थापना गर्न बैंकले पाँच करोड १४ लाख खर्च गरेको छ। बैंकले महास्नान घरमै ऐतिहासिक वस्तुको प्रदर्शन गर्न म्युजियम पनि निर्माण गरेको हो। उक्त म्युजियमको उद्घाटन पनि पर्यटनमन्त्री श्रेष्ठले गरे।

म्युजियममा छैटौँ शताब्दीका ढलोट, ढुंगा र काठको मूर्ति, ऐतिहासिक गरगहना सजाइएको कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए। उनका अनुसार महास्नान घर पशुपतिनाथ मन्दिर इतिहाससँग जोडिएको छ। धार्मिक र ऐतिहासिक क्षेत्रमा बैंकले लगानी गर्दा सम्पदा संरक्षणमा थप सहजता मिलेको मन्त्री श्रेष्ठको भनाइ छ। उनले पशुपतिमा आएका पर्यटकलाई यस म्युजियम अवलोकन गराउँदा उपयुक्त हुने धारणा राखे।

इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा क्षेत्रमा लगानी गरेको बताए। उनले उपत्यकाका ऐतिहासिक सम्पदा संरक्षणमा बैंकले लगानी गर्दै आइरहेको जानकारी दिए। ०७२ को भूकम्पले क्षति पुर्‍याएको महास्नान घरको मर्मतसम्भार कार्य बैंकले एक वर्ष अघिदेखि थालिएको थियो। कोष, मन्त्रालय र पुरातत्व विभागको सहमतिमा बैंकले महास्नान घर मर्मतसम्भार सुरु गरेको थियो।