मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १३:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अन्तिमपटक चुनाव लड्छु : झलनाथ खनाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४१:oo

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू अन्तिमपटक चुनाव लड्ने बताएका छन्। आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले आगामी प्रतिनिधिसभा निर्वाचन आफ्ना लागि अन्तिम हुने बताएका हुन्।

राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि ? भन्ने पत्रकारको प्रश्नमा खनालले भने, ‘जनतासँगको माया–पिरती टुटेको छैन। ४८ सालदेखि चुनाव लड्दै आएको छुु। अब एकपटक लडछु।’ इलामको क्षेत्र नम्बर १ मा गठबन्धनबाट लड्ने उल्लेख गर्दै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे।

गठबन्धन कहिलेसम्म रहन्छ यकिन गर्न नसके पनि चुनावसम्म रहने उनले प्रस्ट पारेका छन्। गठबन्धन नगरी एक्लै हिँड्ने पार्टी असफल हुने उनको तर्क छ। ‘गठबन्धन दृढतापूर्वक अघि बढ्छ,’ उनले भने, ‘एकतामै बल हुन्छ। एक्लो डेढुको असफलता अनिवार्य छ।’

सम्मानित नेता खनालले एमालेमा दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सिर्जना भएको आरोप लगाउँदै तत्काल तालमेल वा एकताको सम्भावना नरहेको बताए। अहिले माओवादी केन्द्रसँग निकटता रहेको उल्लेख गर्दै उनले वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनिक कार्यदिशा नमिली तत्काल वाम एकता भने नहुने प्रस्ट्याए। उनले भने, ‘हामीले त्यो निकटतालाई अझै निकट बनाउन कोसिस गरिरहेका छौँ। अहिले पार्टी एकता हुने सम्भावना छैन। तालमेल र कार्यगत एकता भने हुन्छ।’