१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सहयोग गर्ने ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४४:oo

नेपालको शान्ति प्रक्रियालाई टु‌ंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय निकायहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार बिहान संयुक्त राष्ट्र संघका आवासीय Coordinator Mr.Richard Howard, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (वेलायत), अस्ट्रेलिया, स्विस तथा युरोपेली युनियनका राजदुतहरुको संयुक्त  प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी  शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस भन्नेमा आफूहरुको सामुहिक सुभेच्छा रहेको उल्लेख गरे । 

भेटका क्रममा उनीहरुले गम्भीर मानव उल्लंघनका घटना र पीडितहरुको पुनरावेदनका बारेमा चासो राखेका थिए । नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उनीहरुले देखाएको सामुहिक सुभेच्छा र चासोका लागि प्रचण्डले धन्यवाद दिए । 

 विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका संवेदनशिलताप्रती राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्‍याउन सफल हुने प्रचण्डले विश्वास व्यक्त गरे । 

ad
ad