१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २ बिहीबार १७:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन आजको आवश्यकता, आफ्नो कार्यक्षेत्रमा सक्रिय हुनुहोस् : रामकुमारी झाँक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २ बिहीबार १७:४२:oo

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आसन्न निर्वाचनमा गठबन्धनबाटै अगाडी बढ्ने बताएकी छन्। केही दिनदेखि आफूहरुको बारेमा भ्रामक समाचार आएको भन्दै उनले भ्रममा नपरी आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन अनुरोध गरेकी छिन्।

पार्टी दर्ता गरेको एक वर्ष पुगेको उपलक्ष्यमा बिहीबार सामाजिक सञ्जालमार्फत् उनले गठबन्धन आजको आवश्यकता रहेको भन्दै यस्तो धारणा सार्वजनिक गरेकी हुन्। ‘आज यिनै उपलब्धिको रक्षा गर्ने र  विद्रोहको औचित्य पुष्टि गर्ने समय हो। आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडी बढ्ने हाम्रो संकल्प छ। गठबन्धन आजको आवश्यकता हो,’ उनले लेखेकी छन्।

संविधान, राजनितीक प्रणाली र सात दशक लामो संघर्षको उपलब्धिलाई बचाउन गत वर्ष आजकै दिन आफू पिता समान नेता माधव नेपालको हात समातेर निर्वाचन आयोग पुगेको स्मरण गरेकी छन्।

'गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनीतिक निर्णय लिएको दिन हो। मेरा पिता समान नेता कमरेड माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो। हामीले अर्को एउटा मूल्यको राजनीतिक मानक बनाउन चुनौतिपूर्ण अवस्थामा पाईला अगाडी बढाएको दिन हो,' सचिव झाँक्रीले अगाडि लेखेकी छन्।