१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २ बिहीबार ०६:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईको भिडियो केवाइसी सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २ बिहीबार ०६:०६:००

ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियोमार्फत ग्राहक पहिचान (भिकेवाइसी) सेवाको सुरुवात गरेको छ । बैंकका नयाँ ग्राहकले अनलाइनमार्फत खाता खोली भिडियो केवाइसीमार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्ने सेवा सुरु गरिएको हो । 

बैंकमा नयाँ खाता खोल्ने ग्राहकले खाता खोल्नलगायत केवाइसी फाराम भर्न बैंक नै धाउनुनपर्ने जनाइएको छ । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजात प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाइसी अझ प्रभावकारी हुने बैंकले विश्वास व्यक्त गरेको छ ।  

यो सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहक, विदेशमा बसोवास गर्ने नेपाली नागरिकले विश्वको कुनै पनि ठाउँबाट भिडियो केवाइसी सेवामार्फत अनलाइनबाटै बैंकमा खाता खोल्न सक्ने जनाइएको छ । हाल बैंकले देशको ७७ वटै जिल्लामा दुई सय ८९ शाखा, दुई सय ७० एटिएम, दुई सय ७५ शाखा रहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।