मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाका २३ केन्द्रीय नेता एमाले प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:२४:oo

जनता समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्वउद्योगमन्त्री हेमराज राईसहित केन्द्रीय तहका २३ नेता एमाले प्रवेश गरेका छन् । उनीहरूसँगै केन्द्रीय संघीय परिषद्का १० सदस्य, ११ जना प्रदेश समितिका पदाधिकारी र सदस्य, जनसंगठनका ११ पदाधिकारी र जिल्ला नेतृत्व तहका ४५ नेता–कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

राईसहित जसपाका सबै नेता–कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्वागत गरे । भोजपुरका पूर्वमन्त्री राईले ०६९ मा अशोक राईसँगै एमाले परित्याग गरेका थिए । उनी तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा ०५५ सालमा उद्योगमन्त्री थिए । 

जसपाका केन्द्रीय सदस्यहरू शान्तकुमार प्रधान, भूराज राई, सबिना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनील विश्वकर्मा, शंकरबहादुर सार्की एमाले प्रवेश गरेका छन् । 

त्यस्तै,  केन्द्रीय विज्ञ परिषद् सदस्य थामाङसिंह याम्फु राई, समाजवादी ट्रेड युनियन महासंघका महासचिव तथा निर्वाचन आयोग सदस्य  डिबी सरोज राई तथा केन्द्रीय संघीय परिषद्का १० जना सदस्य एमाले प्रवेश गरेका एमाले केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए  ।