मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o७९ श्रावण ३१ मंगलबार १८:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेरिसडाँडाबाट प्रचण्डले भने– ‘बाबुराम र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १८:३३:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन्। 

चुनावपछि पार्टी एकता नै हुने गरी सो समिति छिट्टै बनाउने सहमति माधव नेपालसँग भएको अध्यक्ष प्रचण्डको भनाइ छ। उनले पार्टी एकतापछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरूबीच सहमति भएको र त्यसमा समाजवादी वा यस्तै केही थपिने पनि बताए। 

अध्यक्ष प्रचण्डले भने, ‘अहिले वामपन्थी आन्दोलनमा र कम्युनिस्ट आन्दोलनमा पनि बाबुरामजी र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ। हामी उभियौँ अब। अब कसैले रोकेर रोकिँदैन । त्यो ठूलो कुरा हो भनेर म भन्न चाहन्छु । यद्यपि, आजै पार्टी एकता भएको होइन। चुनावपछाडि हामी एउटै केन्द्र बनाउने भन्ने कुरा समझदारीमा गएका छौँ।’