मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण २९ आइतबार २o:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ हिमालहरूमा पर्वतारोहणको अनुमति दिने पर्यटनमन्त्रीको भनाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार २o:३९:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरूमा आरोहण खुला गर्ने बताएका छन् । आइतबार नेपाल पर्वतारोहण संघको ३२औँ साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरूमा पर्वतारोहणको लागि अनुमति दिने तयारी गरेको बताए ।

कुन–कुन हिमालहरूमा आरोहण गर्न सकिन्छ र कुन–कुन हिमालहरूमा आरोहण खुला गर्दा पर्यटन आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई समेत लाभान्वित बनाउन सकिन्छ भन्ने कुराको समीक्षा गरेर हिमाल आरोहणको अनुमति दिने उनको भनाइ छ । 

मन्त्री श्रेष्ठले सरकारले सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने तयारी गरेको पनि बताए । ‘सरकारले पर्यटन क्षेत्रको विकासको लागि नयाँ हिमालहरूमा आरोहण गर्ने अनुमति दिनुपर्छ भन्ने सोच राखेका छौँ । अहिले जे जति हाम्रा हिमाल आरोहण गर्ने अनुमति दिने काम भइरहेको छ । त्यसको अतिरिक्त अहिले प्रयोगमा नआएका ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरूमा पनि आरोहणको लागि अनुमति प्रदान गर्ने भन्ने मन्त्रालयले योजना अगाडि सारेको छ,’ उनले भने, ‘२०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर निरन्तर रूपमा पर्यटन विकास र पूर्वाधारका काम अगाडि बढाएर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ ।’