मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शेखर–गगन समूहको निष्कर्ष : न्यायोचित व्यवहार नभए ६०/४० काे भागबन्डा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१४:oo

नेपाली कांग्रेसको इतर पक्षभित्रका शेखर काेइराला तथा गगन थापा समूहका दाेस्राे तहका नेताहरूले शनिबार  छुट्टै छलफल गरेका छन् । उनीहरूले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै राष्ट्रिय भेलाको पूर्वतयारीअनुसार साे भेला गरेकाे बताएका छन् । काठमाडौंको बत्तीसपुतलीमा कांग्रेस नुवाकोटका पूर्वसभापति जगदीश्वरनरसिंह केसीको संयोजनमा दोस्रो तहका नेता सम्मिलित बैठक बसेको हो । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, प्रकाश रसाइली स्नेही, मधु आचार्य, गुरु घिमिरेसहित युवा नेताहरू मनोजमणि आचार्य, केशव सिंह ,रञ्जित कर्ण, सुवास पोख्रेल ,डिल्लीराम सुवेदी , गोमा केसी , कुसुम थापासहित ८० जनाको उपस्थिति रहेको बताइएको छ । भेलामा सहभागी सम्पूर्ण वक्ताले पार्टी नेतृत्वले एकलौटी ढंगबाट अघि बढेको भन्दै अब पार्टीभित्र भागबन्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन्।

भेलाको संयोजन गरेका नेता केसीले आठ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एकजनालाई पनि सभापति देउवाले समेट्न नसकेको बताएका थिए । राष्ट्रिय सभाको निर्वाचन, स्थानीय तह निर्वाचन, केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनलगायतका निर्णय गर्दा इतरसमूहसँग सभापति देउवाले सल्लाह नगरेको उनको भनाइ थियो । ‘प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि गर्नुहुन्न । समेट्दा पनि समेट्नुहुन्न, यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले न्यायोचित निर्णय नगर्ने भए भागबन्डामा जानुपर्छ,’ उनले भने,  ‘न्यायोचित निर्णय हुँदैन भने ४० प्रतिशत चाहियो ।’

सभापति देउवाले अभिभावकको रूपमा सोचेर निर्णय गरेको भए पार्टीभित्र यस्तो विवाद नआउने भन्दै नेता केसीले अब पार्टीभित्र अस्तित्वको लडाइँ लड्नुपर्ने बताए ।