१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ श्रावण २८ शनिबार १६:३८:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मुसहर समुदायको सशक्तीकरणका लागि ‘पान सौ टका’ चलचित्र निर्माण गरिने 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ श्रावण २८ शनिबार १६:३८:००

सामाजिक बहिष्करणमा पारिएको मुसहर समुदायको सशक्तीकरणका लागि मोरङका युवाहरूले ‘पान सौ टका’ नामक चलचित्र निर्माण सुरु गरेका छन् । मुसहर (ऋषिदेव) हरूका भाषामा उनीहरूकै समुदायको विकृति विसंगति तथा अन्याय र अत्याचारविरुद्धको कथा रहेको सानो पर्दाको चलचित्रको शनिबार  मोरङको बुढीगंगा गाउँपालिका २ मा  शुभमुर्हुत गरिएको छ । 

शुभारम्भ कार्यक्रममा बुढीगंगाका समाजसेवी कपिल सुनार, अशोक अधिकारी, सकिचन्द ऋषिदेवलगायतले सो चलचित्रले पछाडि पारिएको समुदायभित्र जागरण ल्याउन सफल हुने विश्वास व्यक्त्त गरे । चलचित्रमा अति पछाडि पारिएको दलित समुदायभित्रको मुसहर समुदायभित्र हुने अशिक्षा, बालविवाह, हिंसा, शोषणलगायतको विषयलाई उजागर गर्दै सशक्तीकरण गर्ने उद्देश्यले सन्देशमूलक चलचित्र बनाउन लागिएको निर्माता तथा चलचित्रका नायक धर्मेन्द्र ऋषिदेवले बताए । नायक धर्मेन्द्र अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला नेता पनि हुन् । 

मुसहर समुदायको पहिलो चलचित्रलाई पुष्कर रानामगरले निर्देशन गर्ने भएका छन् । उनका अनुसार ‘पान सौ टका’ मुसहर समुदायको सघन बसोवास रहेको झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लामा  छायांकन हुनेछ । दुई महिनाभित्र सुटिङ सकेर मुसहर समुदायको बसोवास रहेको २२ जिल्लामा च्यारेटी साे गर्ने योजना रहेको निर्माता र निर्देशकको भनाइ छ । चारवटा सन्देशमूलक गीत समोवश गरिने चलचित्रमा लक्ष्मी राई, सन्तोष ऋषिदेव, साइमन सदालगायतका कलाकारले अभिनय गर्नेछन् ।