१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २७ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७९ श्रावण २७ शुक्रबार १७:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्डोस्कोपी सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २७ शुक्रबार १७:३१:oo

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याएको छ। आइतबार र बुधबार हप्ताको दुई दिन सञ्चालन हुने गरी सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति मंगल रावलले जानकारी दिए।

योसँगै अब आर्थिक अवस्था कमजोर भएका बिरामीले सहज रूपमा जुम्लामै उपचार पाउने भएका छन्। यसअघि इन्डोस्कोपीकै लागि नेपालगन्ज, काठमाडौं र भारतको लखनउसम्म पुग्नुपर्ने बाध्यता थियो। विशेष गरी नेपालीहरूमा ग्यासट्राइटिसको कारणले गर्दा पेट र आन्द्राहरूमा हुने घाउलाई इन्डोस्कोपीको माध्यमबाट सजिलै पहिचान गर्न सकिने प्रतिष्ठानका अस्पताल निर्देशक राजीव शाहले बताए।

आर्थिक रूपमा पछाडि परेका गरिब असहाय तथा सीमान्तकृत समुदायका बिरामीलाई अस्पतालले निःशुल्क उपचार दिँदै आएको छ। यस्तै, ब्रोंकोस्कोपी, पल्मोनरी फंसन टेस्ट र इकोकार्डियोग्राफी सेवा सुचारु भएको अस्पतालले जनाएको छ।

२०६८ सालमा स्थापना भएको प्रतिष्ठानले आकस्मिक सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, डाइग्नोस्टिक सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको छ।