मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २६ बिहीबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ श्रावण २६ बिहीबार १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगामी निर्वाचनमा पूर्वम्यादी र पूर्वसुरक्षाकर्मीलाई ‘विशेष प्राथमिकता’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ श्रावण २६ बिहीबार १८:२९:oo

आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्वम्यादी प्रहरी र पूर्वसुरक्षाकर्मीहरूले विशेष प्राथमिकता पाउने भएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहले यस्तो बताएका हुन्। 

उनले हालमा म्यादी प्रहरीको संख्या निर्क्योल नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्नेबारेमा छलफलका लागि सूची पठाइसकेको बताए। उनले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गर्ने बताए।

म्यादी प्रहरीको संख्या निर्क्योल भइसकेको छैन । तर, स्थानीय निर्वाचनको भन्दा धेरै हुनेछ । यो संख्या हामीले रिभ्यू गर्दै छौँ । आवश्यक संख्यामा प्राप्त हुनेछ भन्ने आश्वासन आएको छ । ४० दिनको लागि भर्ना गरिनेछ । स्थानीय निर्वाचनमा भर्ना भएका म्यादी प्रहरी र पूर्वसुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइनेछ ।’