१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २५ बुधबार २१:२८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मेनपावर कम्पनीमा विभागको छापा, कागजात नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २५ बुधबार २१:२८:००

कतार प्रहरीमा भर्नाको नाममा प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म लिएको गुनासो आएपछि वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ । 
विभागले अल ताक्वेत ओभरसिज नेपाल प्रालिको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । सो ओभरसिजले कतार पठाउन १५ लाख रुपैयाँसम्म लिने गरी अन्तर्वार्ताको तयारी गरेको खबर पत्रपत्रिकामा आएपछि छापा मारिएको विभागका निमित्त महानिर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए । 
कतार पुलिसमा पठाउने भनी अन्तर्वार्ताको मितिसमेत तोकेको अवस्थामा विभिन्न सञ्चारमाध्यमहरूले सो इजाजतपत्र प्राप्त संस्थाले विभिन्न व्यक्तिहरूसँग १५ लाख रुपैयाँसम्म उठाएको भन्ने व्यहोराका समाचार प्रकाशन गरेकोले सो संस्थाको उक्त कार्य शंकास्पद देखिएको विभागले जनाएको छ । विभागका निमित्त महानिर्देशक भुसालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘उक्त संस्थामा आकस्मिक अनुगमन गरी सोसम्बन्धी कागजात बरामद गरी अन्य आवश्यक अनुसन्धान भइरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’