१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण २५ बुधबार १५:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ज्वरोका बिरामी बढेपछि लमजुङमा विद्यालय बन्द

Read Time : < 1 मिनेट
२०७९ श्रावण २५ बुधबार १५:५२:००

रुघाखोकी र ज्वरोका बिरामी बढेपछि लमजुङका दुई विद्यालय बन्द गरिएको छ। विद्यार्थीकाे स्वास्थ्यमा समस्या देखिएपछि बेँसीसहर नगरपालिका–७ को जनविकास मावि र युनिभर्सल एकेडेमी बन्द गरिएको हो। युनिभर्सलमा कक्षा ५ सम्मका विद्यार्थीलाई बिदा दिइएकाे छ।

विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएकाले विद्यालय दुई दिनका लागि बन्द गरिएको जनविकास माविका  प्रधानाध्यापक रत्नमान श्रेष्ठले बताए। उनका अनुसार डेढ सयभन्दा बढी बिरामीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। विद्यालय आएका ५० जना बढी विद्यार्थीमा समस्या देखिएको र एक सय बढी विद्यार्थी बिरामीका कारण विद्यालयमा उपस्थित हुन नसकेपछि बुधबार र बिहीबार विद्यालय बन्द गरिएको हो।

युनिभर्सल एकेडेमीका प्रिन्सिपल विमल अधिकारीका अनुसार तल्लो तहका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या बढी देखिएपछि बिदा दिइएकाे हाे। नर्सरीदेखि पाँच कक्षासम्मका ५० विद्यार्थीमा समस्या देखिएको छ। ६ कक्षामाथिका कक्षाहरु भने नियमित सन्चालनमा छन्।