मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस गोरखा
२०७९ श्रावण २४ मंगलबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आले हत्याका सात अभियुक्त पुर्पक्षका लागि कारागार चलान

Read Time : < 1 मिनेट
रासस, गोरखा
२०७९ श्रावण २४ मंगलबार १३:५८:००

गोरखा नगरपालिका– ८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका सात अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले कारागार चलान हुनेमा गोरखा– ८ का २० वर्षीय शिशिर थापा, पालुङटार नगरपालिका– ८ का १९ वर्षीय सचिनबाबु कोइराला, २ का १९ वर्षीय सुलभ रानामगर, धार्चे गाउँपालिका– ५ का २३ वर्षीय सुरेश सुनार, बारपाक सुलिकोट गाउँपालिका– ४ का २१ वर्षीय विष्णु विक, तनहुँ बन्दीपुर गाउँपालिका– ६ का १९ वर्षीय प्रथम गुरुङ र दाङ गढवा गाउँपालिका– ८ का ४२ वर्षीय नरेश बुढामगर रहेको जानकारी दिए । 

गत ३० असारमा गोरखा– ८ मा पर्ने नयाँबस्ती टोलस्थित सडकखण्डमा नालीमा मृतावस्थामा भेटिएपछि प्रहरीले आलेको हत्या भएको आशंकामा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानपछि उनीहरूमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेकामा अदालतले सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।