१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण छ : सांसद त्रिपाठी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४४:oo

प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले यस्तो बताएका हुन्।

नयाँ निजामती कर्मचारी ऐन नल्याएसम्म कुनै पनि सरकार लोकप्रिय नहुने उनको दाबी छ। सांसद त्रिपाठीले समायोजन भएर गएका कर्मचारीलाई कर्मचारी मान्ने कि नमान्ने कुरामा समेत द्विविधा रहेको बताए।  निजामती ऐन नबनेसम्म यस्तो द्विविधा रहिरहने उनले जिकिर गरे। 

‘यो (निजामती सेवा) ऐन जारी नभएकाले सुशासनभन्दा पनि शासन गर्नसमेत अप्ठ्यारो भएको छ। प्रदेश लोकसेवा आयोगले पूरा काम गर्न सकेको छैन। स्थानीय सेवा र प्रदेश सेवाको गठन हुन सकेको छैन। स्थानीय तहमा आठ प्रकृतिका कर्मचारी छन् । जसलाई समायोजन गर्न सकिएको छैन। प्रदेश तहमा रिक्त रहेको स्थानमा कर्मचारी पठाउन सकिएको छैन। समायोजन भएर गएका कर्मचारीलाई कर्मचारी मान्ने कि नमान्ने अहिलेसम्म द्विविधा छ। निजामती ऐन नबनेसम्म यो द्विविधा रहिरहन्छ,’ सांसद त्रिपाठीले भने।