
निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई कलेज प्रवेशमै रोक लगाएका छन्। एक महिना लामो आन्दोलनपछि कलेज फर्किँदा उनीहरूलाई कलेजले प्रवेश गर्नै नदिएका हुन्।
केएमसी मेडिकल कलेज, नोबल मेडिकल कलेज, विराट मेडिकल कलेज, सिएमसी मेडिकल कलेजलगायतले आवासीय चिसित्सकलाई प्रवेश रोकेका हुन्।नेपाल मेडिकल संघका अध्यक्ष अनिलविक्रम कार्कीले निजी मेडिकल कलेजले आवासीय चिकित्सकको परीक्षासमेत रोक्ने धम्की निजी मेडिकल कलेजले दिएको बताए ।
यही विषयमा वार्ता गर्न स्वास्थ्य मन्त्रालयले आवासीय चिकित्सकलाई मन्त्रालयमा बोलाएको छ। अहिले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकसित मन्त्रालयमा छलफल गरिरहेका छन्। छलफलका क्रममा मेडिकल कलेजले प्रवेश गर्न नदिएको जानकारी आवासीय चिकित्सकले गराएका छन्।