Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार २१:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोलेश्वरमा तीर्थालु लिएर फर्किएको बस दुर्घटना, १४ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार २१:२७:००

डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका– ८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वरबाट यात्रु बोकेर फर्किएको बस दुर्घटनामा परेको हो । 
महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले भक्तपुरतर्फ आउँदै गरेको बा.३ख ३७८४ नम्बरको यात्रुबाहक बस वडा कार्यालयनजिकै दुर्घटनाग्रस्त भएको जानकारी दिए । 

डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस अनियन्त्रित भएर सडकमा पल्टिएको उनले जानकारी दिए । पाण्डेका अनुसार बसले एउटा ट्याक्सीलाई समेत ठक्कर दिएको छ । 

बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरी घाइतेलाई अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । साँझ ६ बजे घाइतेको अवस्था बुझ्न डा. इवामुरा मेमोरियल अस्पताल पुगेका वडाध्यक्ष बस्नेतले घाइते १४ जनामध्ये एकजनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा र चारजनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।