घोप्टेभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

सोमबार, २३ कार्तिक, २०८३
डिजिटल संस्करण

चितवन । चितवनको इच्छाकामना गाउँपालिका– ४, घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । 

सडकमाथिबाट सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । पहिरो हटाई सडक सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान ५ बजेदेखि सडक अवरुद्ध हुँदा तिहारका लागि गन्तव्यमा  हिँडेका यात्रु मर्कामा परेका छन् । 

सुझावित समाचार