चितवन । चितवनको इच्छाकामना गाउँपालिका– ४, घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा सुक्खा पहिरो खसेर दुईतर्फी अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ।
सडकमाथिबाट सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो । पहिरो हटाई सडक सञ्चालनमा ल्याउन लामो समय लागेको छ।
आज बिहान ५ बजेदेखि सडक अवरुद्ध हुँदा तिहारका लागि गन्तव्यमा हिँडेका यात्रु मर्कामा परेका थिए । सडक सञ्चालनमा आएसँगै रोकिएका गाडीहरू गन्तव्यतर्फ अगाडि बढेका छन्।