सीमान्तकृत थामी समुदायको लोकसंस्कृति उजागर गर्न काठमाडौंको दरबारमार्गमा ‘यापति सोनारी सांगीतिक साँझ’ हुने भएको छ । २४ साउनमा हुने कार्यक्रमा दरबार मार्गस्थित ‘क्विन स्पाइस लाउन्ज’मा हुनेछ ।
सांस्कृतिक साँझमा मुलुकका विभिन्न ठाउँमा बसोबास गर्ने थामी कलाकारले गीत, नृत्य, नाटक, क्यारिकेचरलगायत सांस्कृतिक झाँकी प्रस्तुत गर्ने संयोजक शिखर थामीले जानकारी दिए ।
कार्यक्रममा शेरा थामी, शिखर थामी, रमण थामीलगायत ३५ भन्दा धेरै कलाकारको प्रस्तुति हुनेछ । ‘थामी समुदाय कला र संस्कृतिको खानी हो । तर, मूलधारमा नआउँदा यी कला संस्कृति लोप हुने अवस्था पुगेका छन्,’ शेराले नयाँ पत्रिकासँग भने, ‘यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी छ । यही उद्देश्यले हामीले साँझ आयोजना गर्न लागेको हौँ ।’
संयोजक शिखर थामीका अनुसार प्रस्तुति थामी र नेपाली दुवै भाषामा हुनेछ । मारुनी, ख्याली, सैहोले वोन्वोलगायतका मौलिक प्रस्तुति कार्यक्रममा देखाइनेछ । पहिलोपटक आयोजना गर्न लागिएको कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको पनि उनले बताए ।
थामी सांस्कृतिक साँझ हुँदै
आत्मसम्मान र परिचयको संघर्ष : पेन्सन पट्टा
२ हप्ता अघि
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
२ हप्ता अघि
चीनमा गुन्जियो नेपाली मौलिक संस्कृति
३ हप्ता अघि
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
१ हप्ता अघि
सुझावित समाचार
टाइगर श्रफ गोलीकाण्ड : आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल बरामद
मुम्बई प्रहरीले बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार घटनामा आक्रमणकारीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। गोली प्र…
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार भएको छ। मुम्बईमा घरनजिकै गोली प्रहार भएको हो। गोली उनका चालकलाई ला…
दसैँमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दसैँ गीत सार्वजनिक भएको छ । दसैँमा बिदा नमिल्दा स्वदेश फर्किए…
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगिनी मरिक’को लोकार्पण
काठमाडौं/ पत्रकार तथा लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठ…
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
काठमाडौं । नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता र उत्साह समेटिएको नयाँ लोक–आधुनिक गीत ‘आइपुग्यो दसैँ यो आँ…