Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका स्याङ्जा
२०७९ श्रावण २२ आइतबार २१:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाबालिका छोरी मार्ने आमासहित एक पुरुष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
२०७९ श्रावण २२ आइतबार २१:५९:००

६ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुंगा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाल छन् । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी रवीन्द्र खनालले उनीहरूलाई शुक्रबार गल्याङ बजारबाट नियन्त्रणमा लिइएको प्रवक्ता खनालले जानकारी दिए । लक्ष्मी गत १० साउनमा विवाह गरेर आएको परिवार छाडी ६ महिनाकी छोरी लिएर रानासँग भागेकी थिइन् ।

केही समयदेखि दुईबीच सम्बन्ध रहेको आशंका गर्दै परिवारले खोजीका लागि प्रहरीमा जाहेरी दिएको थियो । त्यसक्रममा २० साउनमा दुवै पक्राउ परेपछि अनुसन्धान गर्दा लक्ष्मीले भागेकै दिन ६ महिनाकी छोरीलाई मध्यराति घरकै अस्थायी शाैचालयको खाल्डोमा फालेको खुलेको थियो । खोजी गर्दा सडेगलेको अवस्थामा नाबालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।