१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका संखुवासभा
२o८१ बैशाख २३ आइतबार o८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै आन्दोलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:o८:oo

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै संखुवासभामा आन्दोलन सुरु भएको छ । शुक्रबार सदरमुकाम खाँदबारीमा आदिवासी किराँत महासंघ र किराँत प्रदेश स्वायत्त संघर्ष समितिले प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राखिनुपर्ने माग गर्दै आन्दोलन गरेको हो । 

सदरमुकाम खाँदबारीमा प्लेकार्डसहित नाराजुलुसमा निस्किएका किराँत समुदायले प्रदेशको नामकरण गर्दा ‘किराँत प्रदेश’ नै राखिनुपर्ने भन्दै जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलाई ज्ञापनपत्रसमेत बुझाए ।

उनीहरूले प्रदेश १ मा किराँतीहरूको आदिमकालदेखि बसोवास रहेकाले किराँत प्रदेश नै नामकरण हुनुपर्ने स्थानीय अगुवा गणेश मेवाहाङले बताए । उनले ज्ञापनपत्र जिसस प्रमुख शाक्यलाई हस्तान्तरण गरेका थिए ।

ad
ad