१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२०७९ श्रावण २१ शनिबार ०९:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
२०७९ श्रावण २१ शनिबार ०९:२१:००

सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ ।

बाढी पुर्वानुमान    महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिनुभएको छ । तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर  अर्यालले बताए ।

त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ । राति १०:१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।