मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १९ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण १९ बिहीबार २२:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कस्मेटिक्स कारखानामा प्रहरीको छापा, करोडौँ मूल्यबराबरको सामान बरामद  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण १९ बिहीबार २२:o२:oo

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्ती सर्वेश्वर मार्गको मिसेल कस्मेटिक्स प्रालिमा प्रहरीले छापा हानेको छ । उक्त कारखानामा नक्कली कस्मेटिक्स सामानहरू उत्पादन गर्ने गरेको सूचनाका आधारमा बुधबार दिउँसो करिब १२ बजे जिल्ला प्रहरी परिसर काठमाडाैं, प्रहरी वृत्त बौद्ध तथा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको सामूहिक टोलीले छापा मारेको हो । 

उक्त कस्मेटिक्स प्रालिमा छापा मार्दा विभिन्न कम्पनीका सौन्दर्य प्रसाधनका सामाग्रीहरू सेम्पु, हेयर ट्रिटमेन्ट क्रिम, हेयर अइल’लगायतका सामान नक्कली रूपमा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ, तयारी अवस्थाको नक्कली सामानसहित करोडौँ मूल्यबराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । 
उक्त कारखानाबाट विभिन्न मेसिन तथा कच्चा पदार्थ बरामद गरिएको छ ।