१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सेयरबजारमा ६.७१ अंकको गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:o८:oo

सेयरबजार परिसूचक नेप्सेका बुधबार  ६.७१ अंककाे गिरावट आएको छ । लगातार रूपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचकमा मंगलबारदेखि सामान्य करेक्सन आएको हो । बुधबार नेप्से सूचक ६.७१ अंकले घटेर दुई हजार एक सय ८६.७७ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स भने ०.६ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका दुई सय १८ कम्पनीको ९५ लाख ४२ हजार ६ सय २६ कित्ता सेयर चार अर्ब दुई करोड ९९ लाख ३१ हजार चार सय ३९ रुपैयाँबराबरको कारोबार भएको छ । बुधबार कारोबार रकममा भने केही सुधार देखिएको छ । मंगलबार तीन अर्ब २९ करोड ३२ लाख ३४ हजार सात सय पाँच रुपैयाँबराबरको कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये चार उपसमूहको सूचक सकारात्मक देखिएको छ भने नाैवटा उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । जसमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक गिरावट भए पनि बुधबार सामलिङ पावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत र समृद्धि फाइनान्सको ८.७६ प्रतिशत बढेको छ । तर, यता स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ । त्यस्तै, गुडविल फाइनान्सको ३.४३ प्रतिशत र बोटलर्स नेपालको ३.३८ प्रतिशतले घटेको छ । बुधबार शिवम् सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने अपी पावरको १५ करोड १७ लाख रुपैयाँबराबरकोे सेयर कारोबार भएको छ ।

ad
ad