Skip This
सप्तकोसी ब्यारेजका ५६ मध्ये ३२ ढोका खोलिए, पानीकाे बहाव अझै उच्च
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
सप्तकाेसी ब्यारेज । तस्बिर : नयाँ पत्रिका फाइल
२o८१ बैशाख २६ बुधबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सप्तकोसी ब्यारेजका ५६ मध्ये ३२ ढोका खोलिए, पानीकाे बहाव अझै उच्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:१३:oo

उदयपुरका दर्जनौँ बस्तीमा सप्तकोसीको भंगालो पसिसक्दा पनि ब्यारेजका सबै ढोका अझै खोलिएको छैन । सप्तकोसी ब्यारेजका ५६ ढोकामध्ये ३२ वटा ढोका मात्र खोलिएको छ । 

सबै ढोका नखोलिँदा माथिल्लो क्षेत्रका नदी किनारका बस्तीमा क्षति बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार बुधबार बिहान १०ः३० बजेसम्म ३२ वटा मात्र ढोका खुला रहेका छन् ।

उनले भने, ‘बुधबार बिहान १०ः३० बजेसम्म ३२ वटा मात्र ढोका खुला छन् । ती ढोकाबाट गएको पानीको बहाव दुई लाख ३० हजार ६ सय ६४ क्युसेक रहेको छ ।’ उनले पश्चिमतर्फबाट दुई हजार नाै सय र पूर्वबाट पाँच हजार क्युसेक पानीको बहाव रहेको बताए ।

उनले भने, ‘हिजो साँझ ५ः३० बजे पानीको बहाव दुई लाख ४१ हजार पाँच सय ३४ रहेको थियो, जसमा ३५ वटा ढोका खुला थियो । तर, राति घटेको जानकारी आएको थियो । अहिले बिहान फेरि बढेको जानकारी आएको छ ।’

ब्यारेजका ढोका बन्द भएकाले अहिले उदयपुरको बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ र सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ तथा ९ प्रभावित भएका छन् । 
 

ad
ad