Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १७ मंगलबार २१:१६:००
Read Time : < 1 मिनेट
खेलकुद

साफ यू–२० : सकियो नेपालको फाइनल पुग्ने सपना, उपाधिका लागि भारत र बंगलादेश भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १७ मंगलबार २१:१६:००

साफ यू–२० फुटबल च्याम्पियनसिपको फाइनल पुग्ने नेपालको सपना सकिएको छ । लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई हराएसँगै नेपालको फाइनल यात्रा सकिएको हो ।
९०औँ मिनेटमा भारतका लागि गुर्किरत सिंहले डिबक्सभित्र रिबाउन्डमा पाएको बलमा पावरफुल सट प्रहार गर्दै बललाई जाली चुमाए । त्यसअघि खेलको सुरुदेखि नै भारतले माल्दिभ्समाथि दबाब कायम राखेको थियो । तर, भारतीय स्ट्राइकरलाई माल्दिभ्सका गोलरक्षक र डिफेन्स लाइनअपले असफल बनाइरहेको थियो । अन्ततः भारतले ९०औँ मिनेटमा गोलको खडेरी तोड्यो ।
खेल जितेको भारतका लागि ९२औँ मिनेट सुखद् रहेन । सर्वाधिक गोलको सूचीमा अग्रस्थानमा रहेका पार्थिव सुन्दर गुगोय रातोकार्ड पाउँदै बाहिरिए । उनले फाइनल गुमाउनेछन् । 
जितपछि डिफेन्डिङ च्याम्पियन भारत फाइनल पुगेको छ । अब उपाधिका लागि भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।