१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विप्लव समूहका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेकोप्रति एमालेको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o४:oo

प्रमुख प्रतिपक्ष दल एमालेले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद विशाल भट्टराईले सरकारले शान्तिप्रक्रियामा आएर प्रतिस्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्तिप्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको आरोप लगाए।

सरकारले शान्तिप्रक्रियामा आइसकेका विप्लवलगायतका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको हो भने त्यसबाट तत्काल पछि हटेर पक्राउ पुर्जी फिर्ता लिन उनले आग्रह गरे। सांसद भट्टराईले हिंसाको बाटो रोजेको विप्लव र सिके राउतको पार्टीलाई शान्तिपथमा ल्याउन तत्कालीन केपी ओली नेतृत्वको सरकारले धेरै मिहिनेत गरेको भन्दै यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने प्रस्ट पारे।

‘सञ्चारमाध्यमबाट आएको यो समाचार सत्य हो भने कुनै वेला हिंसाको बाटो रोजेको र तन्केर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी शर्मा ओलीको सरकारले तीनबुँदे सहमति गरेर हिंसाबाट शान्तिपूर्ण बाटोमा ल्याएका थियौँ,’ उनले भने, ‘यदि सरकारले पक्राउ गर्न आदेश दिएको हो भने प्रतिपक्ष दलका हैसियतले म सरकार यो कामबाट तत्काल पछि हट्न र पक्राउ पुर्जी फिर्ता लिन सरकारलाई ध्यानाकर्षण गराउँछु।’

 

याे पनि : सरकार र प्रतिबन्धित नेकपाबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर