१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२o८२ असार १९ बिहीबार o७:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पहिलोपटक तातोपानी नाकाबाट हेलिकोप्टर आयात

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार o७:३o:oo

तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात भएको छ । भूकम्पपछि चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर हेलिकोप्टर तातोपानी ल्याएको हो । 

नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर नेपाल–चीन सीमामा रहेको तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो । माउन्टेनले पाँचवटा चिनियाँ हेलिकोप्टर खरिद गरेको छ । ती सबै तातोपानी नाका भएर काठमाडौ आयात हुँदै छन् । 

चिनियाँ हेलिकोप्टरको मूल्यअनुसार राजस्व लिने तयारी गरेको तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले जानकारी दिए । यात्रु शाखामा रहेको हेलिकोप्टरको भन्सार जाँचपास एक–दुई दिनभित्र हुने उनले बताए । ‘चार करोड १२ लाखभन्दा बढी राजस्व संकलन गरेर भन्सार जाँचपास हुनेछ,’ उनले भने, बिहीबार प्राविधिक टोली आएर हेलिकोप्टरको अवस्था चेकजाँच गरेपछि तातोपानीबाट काठमाडौं उड्छ ।’