मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार १०:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार र प्रतिबन्धित नेकपाबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेज हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार १०:५१:००

सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दुवै पक्षले प्रेस विज्ञप्ति जारी गरी सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी दिएका हुन् ।

उक्त सहमतिमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने,आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण तरिकाबाट गर्ने र नेपाल सरकारका तर्फबाट नेकपामाथि लगाइएको  प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेलगायतका विषयमा हस्ताक्षर भएको छ । 


सहमतिको विस्तृत विवरण यही फागुन २१ गते विशेष समारोहका बीच सार्वजनिक हुने जनाइएको छ । उक्त समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी ओली र नेकपाका तर्फबाट नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।