१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा सम्बन्धविच्छेद बढ्दो    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४७:oo

हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदका मुद्दा बढ्न थालेका छन् । रसुवा जिल्ला अदालतमा गत आर्थिक वर्षमा दायर भएका देवानी तथा फौज्दारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् ।

विगत वर्षमा २९ जोडिले सम्बन्धविच्छेद गराएका थिए । गत आवमा यो संख्या बढेर ३५ पुगेको छ । विगतको तुलनामा गत वर्ष सम्बन्धविच्छेदको संख्या २० दशमलव ६८ प्रतिशतले वृद्धि भएको रसुवा जिल्ला अदालतले जनाएको छ ।  

यस्तै, जिल्ला अदालतमा जबर्जस्ती करणी, चोरी, ठगी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, अपहरण, जग्गा खिचलोजस्ता विविध प्रकारका मुद्दा दायर भएका थिए । विगतको जिम्मेवारी सरेका र गत वर्ष दायर भएकाे समेत ९९ मुद्दा विचाराधीन रहेकोमा ५९ मुद्दा फर्स्योट भइसकेको बताउँदै अदालतका श्रेस्तेदार (उपसचिव) मुना अधिकारी ढकालले ४० वटा फैसला प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिए।

जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले छिटोछरितो मुद्दा फैसला गर्ने गरेका कारण न्यायसम्पादनअन्तर्गत गत असार मसान्तसम्ममा सुधार आएको अदालतका कर्मचारीले बताएका छन् ।