१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २१:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

श्रीलंकाकाे मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलर : केन्द्रीय बैंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:५३:oo

सन् २०२२ को जुन अन्त्यसम्ममा श्रीलंकाको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको त्यहाँको केन्द्रीय बैंकले जनाएको छ । श्रीलंकाको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा सात अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो तर त्यसबेलादेखि सञ्चितिमा निरन्तर ओरालो लाग्दै आएको छ ।  सन् २०२० को अन्त्यसम्ममा उक्त मौज्दात पाँच अर्ब ७० करोड डलरमा झरेको थियो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार सन् २०२१ को अगस्तसम्ममा उक्त मौज्दात तीन अर्ब १० करोड पुगेको र सन् २०२२ मार्च मसान्तसम्ममा यसमा थप कमी आई एक अर्ब ९० करोड डलर पुगेको थियो । आर्थिक सञ्चितिमा आएको गिरावटका कारण श्रीलंकालाई इन्धन र औषधि जस्ता अत्यावश्यक वस्तु आयात गर्न समस्या भएको छ ।  

अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अन्य विभिन्न दाताहरूले आर्थिक सहायता पुग्नुअघि श्रीलंका सरकारले बनाएको ‘म्याक्रोइकोनोमिक’ योजनाबाट नै मुलुकको समस्या सम्बोधन गर्न आह्वान गरेका छन् । रासस

ad
ad