१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपालले एकै ओभरमा दुई विकेट गुमायाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:३४:oo

वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्ध नेपालले पुनः एकपटक खराब ब्याटिङ प्रदर्शन गरेको छ । नेपालले इनिङ्सको चार ओभरमा दुई विकेट गुमाएको छ।

इनिङ्सको ४.१ ओभरमा एलानले ओपनर कुशल भुर्तेललाई एक रनमा आउट गरे । त्यसपछि ४.५ ओभरमा कुशल मल्ल वेस्ट इन्डिजका कप्तान रोस्टन चेजबाट क्याचआउट भए । फावियन एलानले आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै वेस्ट इन्डिजलाई सफलता दिलाएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा दुई सय १० रनको लक्ष्य पछ्याइरहेको नेपालले पाँच ओभरमा तीन विकेट गुमाएर ५३ रन बनाएको छ ।

खराब फर्मबाट गुज्रिरहेका भुर्तेलले पाँच बल सामना गरी एक रन मात्र जोडेका थिए। यसअघि इनिङ्सको दोस्रो बलमै नेपालले आसिफ शेखलाई गुमाएको थियो।

कप्तान रोहित पौडेल र कुशल भुर्तेलले दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरेका थिए । क्रिजमा रोहित र सन्दीप जोरा छन् ।

नेपाललाई जितका लागि ८६ बलमा एक सय ६७ रन जोड्नुपर्छ ।

ad
ad