१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १३:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेष्ट इन्डिजले नेपाललाई दियो २१० रनको लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:५७:oo

वेस्ट इन्डिज ‘ए’ टोलीले चोथो टी–२० क्रिकेट प्रतियोगितामा नेपाललाई दुई सय १० रनको विशाल लक्ष्य दिएको छ। त्रिव क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय नाै रन जोडेको हो।

प्रतिश जिसीले इनिङ्सको १.१ ओभरमा अलिक अथनाजेको विकेट लिँदै नेपाललाई सुरुवाती सफलता दिलाएका थिए। तर, फर्ममा रहेका जोनसन चार्ल्स र एन्ड्रे फलेचरले पुनः एकपटक नेपालविरुद्ध उत्कृष्ट ब्याटिङ गर्न सफल भए। दुवैले दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई ९.६ ओभरमा १०१–२ को बलियो स्थितिमा पुर्‍याए। 

तेस्रो खेलमा शतकीय इनिङ खेलेका चार्ल्सले बिहीबार ५८ रनको योगदान दिए। उनले ३० बलमा तीन चौका र ६ छक्का प्रहार गरेका थिए। उनी कुशल भुर्तेलको ओभरमा क्याच हुन पुगे।

भुर्तेलले १३.२ ओभरमा केआसी कार्टीलाई चार रनमा कप्तान रोहित पौडेलबाट क्याच आउट गराउन सफल भए। कार्टी पेभेलिन फर्कँदा वेस्ट इन्डिज १२६–३ को अवस्था थियो। फलेचरले फाविआन एलानसँग चौथो विकेटका लागि ८३ रनको साझेदारी गर्दै टोलीको स्कोरलाई पुनः एकपटक दुई सय रनमाथि कटाए। फलेचर र फावियानले १३.२ देखि २० ओभरसम्म ब्याटिङ गरेका थिए।

फलेचरले ५४ बलमा नौ चौका र चार छक्का प्रहार गरी सर्वाधिक ८४ रन जोडे। कार्टीले १९ बलमा तीन छक्का र दुई चौकाको सहयोगमा ३३ रनको योगदान दिए । नेपालले वेस्ट इन्डिजलाई २५ अतिरिक्त रन दिएको थियो।

बलिङमा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक दुई विकेट लिन चार ओभरमा २३ रन खर्चेका थिए । प्रतिश जिसीले चार ओभरमा ४३ रन खर्चँदै एक विकेट हात पारे । नेपालका प्रमुख बलर सोमपाल कामीले दुई ओभरमा १५ रन खर्चे । ललित राजवंशीले चार ओभरमा ५३ रन दिए । अभिनाश बोहोराले चार ओभरमा ४२ रन खर्चेका थिए ।

पाँच खेलको सिरिजमा वेस्ट इन्डिज २–१ ले अघि छ । चौथो खेल पनि जित्दा वेस्ट इन्डिजले सिरिजमाथि कब्जा जमाउनेछ । नेपालले सिरिजमा बराबरी गर्न बुधबार खेल जित्नैपर्छ।

ad
ad