मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १३ शुक्रबार
  • Tuesday, 15 July, 2025
२o७९ श्रावण १३ शुक्रबार २१:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चन्द्रागिरि केबलकार शतप्रतिशत सुरक्षित छ : अध्यक्ष ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १३ शुक्रबार २१:३६:oo

चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरि केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर समितिले केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय केबलकारको बारेमा सञ्चारमाध्यमहरूमा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरिको केबलकार शतप्रतिशत सुरक्षित रहेकाले चढ्न हिच्किचाउनुनपर्ने बताए । 

‘केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी हो । यसमा सेफ्टीको हिसाबले कुनै पनि कुराको कन्जुस्याइँ गरिएको छैन,’ अध्यक्ष ढकालले भने, ‘नेपालमा केबलकारको कुनै पनि घटना हुनु भनेको विश्वको २० हजार केबलकार उद्योगमा नै इस्यू आउने हुनाले कुनै पनि हिसाबले सुरक्षामा कम्प्रोमाइज गरेको छैन । यो शतप्रतिशत सुरक्षित छ ।’ अध्यक्ष ढकालले केबलकार रोकिँदा सिरानमा रहेका यात्रुलाई बस्न चाहे रिसोर्टको व्यवस्था रहेको र नबस्ने भए पनि गाडीमार्फत तलसम्म ल्याउने व्यवस्था रहेको बताए । केबलकारमा कुनै पनि हिसाबले सुरक्षामा कन्जुस्याइँ नगरिएको उनको भनाइ थियो । 

सामान्यतया विद्युत् आपूर्ति बन्द भएको अवस्थामा, पानी, चट्याङ परेको अवस्थामा केबलकार कहिलेकाहीँ अचानक बन्द हुने उनको भनाइ थियो । चन्दागिरिमा अहिले ३८ ओटा गन्डाेला सञ्चालनमा छन् । भालेश्वर महादेवको दर्शन गर्न, घुम्न र चन्द्रागिरिबाट काठमााडौं उपत्यका नियाल्न दैनिक हजारौँ मानिस चन्द्रागिरि पुग्ने गर्दछन् ।